जोराको शतकमा एपीएफ विजयी

जोराको शतकमा एपीएफ विजयी
0Shares

काठमाडौं, पुस २९ गते

प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल एपिएफ क्लबले विजयी सुरुआत गरेको छ । एपिएफले आइतबार बागमती प्रदेशलाई ८९ रनको पराजित गर्यो।

बागमतीको भने यो लगातार दोस्रो हार हो। जितसँगै एपिएफले दुई अंक जोडेको छ ।

कीर्तिपरस्थित त्रिवि क्रिकेट मैदानमा एपिएफले सन्दीप जोराको शानदार शतकिय पारीमा २ सय ४१ रन जोडेको थियो। जवाफमा बागमती ४२.५ ओभरमा १ सय ५२ रनमा अलआउट भयो।

जोराले १ सय १७ बलमा सात चौका र पाँच छक्काको मद्दतले सर्वाधिक १ सय १२ रनको योगदान गरेका थिए। यसैगरी लोकेश बमले २७, यसैगरी अमरसिंह रौटेलाले २२, अविनाश बोहराले अविजित १८, आसिफ शेखले १५ तथा प्रज्ज्वल शाही र भुवन कार्कीले समान १० रन बनाए। छैटौं विकेटका लागि सन्दीप र लोकेशले ६६ रनको साझेदारी गरे । बागमतीका लागि सूर्य तामाङले तीन, प्रतिश जिसी र रिजन ढकालले समान दुई तथा सोनु देवकोटाले एक विकेट लिए ।

बागमतीका लागि कप्तान रित गौतमले ८९ बलमा आठ चौकाको मद्दतले सर्वाधिक ६० रनको योगदान गरे । यसैगरी आंशुतोष घिरैयाले ४१, रविन जोशीले अविजित २० र विवेक मगरले १५ रन बनाए। दोस्रो विकेटका लागि रित र आँशुतोषले ५६ रनको साझेदारी गरे । एपिएफका लागि कप्तान रोहित कुमार पौडेलले नौ ओभरमा एक मेडनसहित २६ रन खर्चिएर चार विकेट लिए ।

यसैगरी अविनश बोहरा र श्याम ढकालले समान दुई तथा पुर्ण विक र भुवन कार्कीले समान एक विकेट लिए ।

 

प्रकाशित मिति: January 15, 2024

कमेन्ट गर्नुहोस्

advertisment