प्रथम प्रवीण घले स्मृति कप: सेमिफाइनल समिकरण पूरा चौतरा,

प्रथम प्रवीण घले स्मृति कप: सेमिफाइनल समिकरण पूरा चौतरा,
0Shares

सिन्धुपाल्चोक पुस २७ ।

प्रथम प्रवीण घले स्मृति कप तथा मुग ल्हो ल्होसार खुला ७ ए साइड फुटबल प्रतियोगिताको सेमिफाइनल समकरण पूरा भएको छ।

चौतारा टुँडिखेलस्थित मिनी रंगशालामा शुक्रबार क्वार्टरफाइनलअन्तर्गत बाह्रदेवी युवा क्लब, गाती युवा क्लब, सिन्धुपाल्चोक फुटबल क्लब लामसाँघु र रोयल फेमिली चौतारा विजयी भएसँगै अन्तिम ४ मा पुग्ने सबै टोलीको टुंगो लागेको हो।

पहिलो क्वार्टरफाइनमा मेलचौर युवा जागरण समाजलाई १-० गोल अन्तरले पराजित गर्दै बाह्रदेवी सेमिफाइनलमा प्रवेश गरेको थियो। बाह्रदेवीको जितमा अमृत तामाङले गरेको एक मात्रै गोल निर्णयक बन्यो। खेलको ३९औँ मिनेटमा उनले गोल गरेका थिए। दोस्रो खेलमा गातीले चौतारा फुटबल क्लबलाई पेनाल्टीमा पराजित गर्‍यो।

निर्धारित समय १-१ गोलको बराबरीमा खेल सकिएको थियो। पेनाल्टी शुटआउटमा गातीले चौतारालाई ४-२ गोल अन्तरले पराजित गर्‍यो। तेस्रो खेलमा सिन्धुपाल्चोक फुटबल क्बलले इन्द्रवाती ३, कुन्चोकलाई १-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो।

सिन्धुपाल्चोक फुटबल क्लबको जितमा एन्जल श्रेष्ठले गोल गरे। ४०औँ मिनेटमा उनले गोल गरेका थिए। अन्तिम क्वार्टरफाइनलमा चौतारा स्पोटिङ क्लबलाई रोयल फेमेलीले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो।

रोयलले स्पोर्टिङमाथि २-१ गोल अन्तरको जित हासिल गरेको हो। सेमिफाइनलका खेलहरू शनिबार हुनेछ। पहिलो सेमिफाइनलमा बाह्रदेवी युवा क्लबले गाती युवा क्लबसँग खेल्नेछ। दोस्रो तथा अन्तिम सेमिफाइनलमा सिन्धुपाल्चोक फुटबल क्लबले रोयल फेमिलीको सामना गर्ने छ।

प्रतियोगिताको विजेताले १ लाख ५१ हजार १५१ रुपैयाँ तथा उपविजेता ७५ हजार ५५५ रुपैयाँ, ट्रफी र मेडल पाउने छन्। प्रतियोगिताको उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिडफिल्डर, खेलाडी र सर्वाधिक गोलकर्ताले नगदसहित ट्रफी पाउने छन्।

प्रकाशित मिति: January 12, 2024

कमेन्ट गर्नुहोस्

advertisment