क्रिकेट संघद्धारा सन्दीप लामिछाने निलम्वित

अघिल्लो दिन नै अलग भइसकेका थिए सन्दीप

क्रिकेट संघद्धारा सन्दीप लामिछाने निलम्वित
0Shares

काठमाडौं, पुस २६ गते

नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान सन्दीप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय कुनै प्रकारको क्रिकेट गतिविधिबाट निलम्वन गरेको छ।

क्यानका अध्यक्ष चतुर बहादुर चन्दले आज विहिवार एक प्रेस विज्ञप्ती जारी गर्दै यसको जानकारी गराएका हुन्।

काठमान्डू जिल्ला अदालतले गत पुस १३ गते सन्दीपलाई बालिका बलात्कार अभियोगमा दोषी ठहर गरेपछि उनको राष्ट्रिय टोलीमा रहने नरहने विषय चर्चामा आएको थियो।

त्यसपछि क्यानले पुस २५ गते काठमान्डू जिल्ला अदालतले गर्ने सजांयको निर्धारणपछि आफ्नो धारणा सार्वजनिक गर्ने जनाएको थियो।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले  बुधबार लामिछानेलाई ८ वर्षको जेल सजाय तोक्दै ३ लाख जरिवाना र २ लाख क्षतिपुर्ति भराउन आदेश दिएको थियो।

त्यस लगत्तै क्यानले उनलाई निलम्वन गरेको हो।

विज्ञप्तीमा भनिएको छ , ”  जिल्ला अदालतको कसुर ठहर आदेश बमोजिम लामिछानेलाई जर्वजस्ती करणी मुद्दामा कसुर कायम गरी सजाय निर्धारण गरिएको र सम्मानित अदालतको आदेश अनुसार फौजदारी मुद्दामा दोषी ठहर भई सजाय निर्धारण समेत भएकाले निज लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय कुनै प्रकारका क्रिकेट गतिविधिबाट निलम्वन गरिएको जानकारी गराउँदछौं।”

अघिल्लो दिन सन्दीपको घोषणा

यद्यपी सन्दीपले हिजो पुस २५ गते अदालतको निर्णय पछि नै क्यानलाई पत्र लेख्दै आफू राष्ट्रिय टोलीबाट अलग रहने निर्णय गरिसकेका थिए।

क्यानका अध्यक्ष चतुर बहादुर चन्द र सचिव पारस खड्कालाई सम्बोधन गर्दै उनले ‘ आफू निर्दोष सावित नभएसम्म राष्ट्रिय टोलीबाट अलग रहने’ जानकारी गराएका थिए।

उनले पत्रमा आफू निर्दोष रहेको त्यसको लागि लड्ने बताएका छन्। र त्यसका लागि क्यानको सहयोगको अपिल पनि गरेका छन्।

पत्रमा उनले आफु चरम आर्थिक अभावमा रहेको र क्यानमा आफुले पाउनुपर्ने पैसा दिन अनुरोध गरेको छ।

साथै उनले नेपाली क्रिकेटमा एकसे एक प्रतिभाशाली खेलाडीहरु रहेकोले आफ्नो अभावले राष्ट्रिय टोलीमा कुनै असर नपर्ने उल्लेख गरेका छन्।

 

 

 

 

 

 

प्रकाशित मिति: January 11, 2024

कमेन्ट गर्नुहोस्

advertisment