सन्दीप लामिछानेलाई ८ वर्ष कैद, तीन लाख जरिवाना

सन्दीप लामिछानेलाई ८ वर्ष कैद, तीन लाख जरिवाना
0Shares

काठमाडौँ, पुस २५ गते

काठमाडौँ जिल्ला अदालतबाट बलात्कार आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय तोकेको छ।

जिल्ला न्यायाधीश शिशिर ढकालको इजलासले बलात्कार मुद्दामा लामिछानेलाई आठ वर्ष सजाय हुने सुनाएको अदालतका सूचना अधिकारी चन्द्र पन्थीले जानकारी दिए। उनलाई तीन लाख जरिमाना गर्न पनि अदालतले फैसला गरेको छ।

यस्तै लामिछानेले पीडितलाई २ लाख क्षतिपूर्ति दिनुपर्नेसमेत अदालतको फैसलाले उल्लेख गरेको पन्थीले जानकारी दिए। पुस १३ गते ढकालकै इजलासले लामिछानेले किशोरीमाथि बलात्कार गरेको ठहर गरेपनि सजाय निर्धारण हुन बाँकी थियो।

तीन वर्ष भन्दा बढी जेल सजाय हुने मुद्दाका हकमा सजाय निर्धारण छुट्टै गर्न पर्ने मुलुकी फौजदारी संहितामा व्यवस्था छ। उक्त व्यवस्था अनुसार ३ वर्षभन्दा धेरै कैद सजाय हुने भएकाले अर्को बहसपछि बुधबार जिल्ला अदालतले लामिछानेलाई सजाय निर्धारण गरेको हो।

प्रकाशित मिति: January 10, 2024

कमेन्ट गर्नुहोस्

advertisment