प्रवीण घले स्मृति कप: दोस्रो दिन चार टोलीलाई सफलता

प्रवीण घले स्मृति कप: दोस्रो दिन चार टोलीलाई सफलता
0Shares

चौतारा, सिन्धुपाल्चोक पुस २५ गते

प्रथम प्रवीण घले स्मृति कप तथा मुग ल्हो ल्होसार खुला ७ ए साइड फुटबल प्रतियोगिता अन्तर्गत दोस्रो दिन ४ खेल सम्पन्न भएको छ।

बुधबार दोस्रो दिन चौतारा मिनी रंगशालामा सम्पन्न खेलमा रोयल फेमेलि चौतारा, इन्द्रावती गाउँपालिका ३ कुन्चोक, बछ्लादेवी युवा क्लब र चौतारा स्पोर्टिङ क्लब विजयी भएका हुन्।

दिनको पहिलो खेलमा रोयल फेमेलीले जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकलाई ३-१ गोल अन्तरले पराजित गर्‍यो। रोयलको जितमा रोनिश श्रेष्ठले २ र युवराज दुलालले १ गोल गरे। दोस्रो खेलमा इन्द्रावती ३ ले धार्पा युवा क्लबलाई ४-१ गोल अन्तरले पराजित गर्‍यो। पहिलो हाफमै २-१ गोल अन्तरको अग्रता बनाएको इन्द्रावतीले दोस्रो हाफमा थप १ गोल गरेको थियो भने अर्को गोल उपहार पायो। तेस्रो खेलमा गौरती युवा क्लबलाई बछ्लादेवी युवा क्लबले १-२ गोल अन्तरले पराजित पुनरागमन जित हासिल गर्‍यो।

यी तीनै गोल दोस्रो हाफमा सम्भव भएको थियो। खेलमा १-० ले पछि परेको अवस्थालाई उल्ट्याउँदै बछ्लादेवीले २-१ गोल अन्तरको जित निकालेको हो। चौथो तथा दिनको अन्तिम खेलमा चौतारा स्पोर्टिङ क्लबले जल्केनी युवा क्लबलाई ५-१ गोल अन्तरले पराजित गर्‍यो। पहिलो हाफमा ३-० गोल अन्तरको अग्रता बनाएको स्पोर्टिङले दोस्रो हाफमा थप २ गोल गर्दा १ गोल व्यहोरेको थियो। आयोजक लिलफुङ घले समाज सिन्धुपाल्चोक जिल्ला कार्यसमितिका अनुसार प्रतियोगिताको तेस्रो दिन भोलि चार खेल हुनेछ।

प्रकाशित मिति: January 10, 2024

कमेन्ट गर्नुहोस्

advertisment