पिएम कप क्रिकेट : खडकको शतकमा बैतडी फाइनलमा

उपाधिका लागि कैलालीसंग भिड्ने

पिएम कप क्रिकेट : खडकको शतकमा बैतडी फाइनलमा
0Shares

काठमाडौं, पुस २३ गते

प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटको फाइनल पुग्ने टोलीको टुंगो लागेको छ।

आइतबार समूह चरणका खेल सम्पन्न भएसंगै फाइनल पुग्ने खेलको टुंगो लागेको हो । समान तीन खेल जितेको बैतडी अंकतालिकाको शीर्ष र कैलाली दोस्रो स्थानमा रहंदै फाइनल पुगेका छन्।

आज सम्पन्न खेलमा बैतडीलाई १० रनले हराउदै कैलाली फाइनलमा पुग्यो। यसअघि समान तीन खेल जितेको कञ्चनपुर भने नेट रनरेटमा पछि रहदै फाइनल होडबाट बाहिरिएको छ।

जितका लागि पाएको २०१ रनको लक्ष्य पछ्याएको बैतडीले ३० ओभरमा ६ विकेटको क्षतिमा १९० रन मात्रै बनाउन सक्यो।

जसमा ओपनर खडक बोहराले शतकीय पारी खेले। उनले ७९ बलको सामना गर्दै १२ चौका र २ छक्काको मद्दतमा ११० रन जोडे। जारी प्रतियोगितामा खडक शतक हिर्काउने पहिलो खेलाडी समेत बने। कैलालीका लागि शेर मल्लले ४ र कप्तान नारायण जोशीले २ विकेट हात पारे।

यसअघि फाप्ला मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको कैलालीले निर्धारित ३० ओभरमा ६ विकेटको क्षतिमा २०० रन बनाएको थियो। उसका अभिषेक पालले ६३ र आयुब चन्दले अविजित ५३ रनको योगदान गरे। बैतडीका खडक बोहराले ३ विकेट झारे। खडक खेलका म्यान अफ द म्याच समेत चुनिए।

बैतडी र कैलालीबीचको फाइनल खेल मंगलबार हुनेछ।

प्रकाशित मिति: January 8, 2024

कमेन्ट गर्नुहोस्

advertisment