0Shares

ललितपुर, पुस २३ गते

नेपाल बुद्धिचाल महासंघ र ललितपुर स्पोर्ट्स क्लबको आयोजना रहेको छैटौं तुल्सीलाल स्मृति क्लब राष्ट्रिय टिम च्याम्पियनसिप राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङले सेतो गोटी र बुद्धिचाल महासंघका कार्यवाहक अध्यक्ष हेराकाजि महर्जनले कालो गोटी चालेर संयुक्त रुपमा उदघाटन गरेका छन्।

ललितपुरको च्यासल स्थित तुल्सीलाल स्मृति प्रतिष्ठान हल भित्र छ दिन सञ्चालन हुने प्रतियोगिताको पूर्ण सफलताको कामना गर्दै उदघाटन समारोहमा घिसिङले खेलाडी आवासको परिकल्पना गरेर हालको मन्त्री निवास हरिहर भवनमा खेलकर्मी आवास गृह बनाउन मन्त्री परिषद मार्फत सिफारिस गरिसकेको जानकारी गराएका छन्।

लिग कम नकआउट आधारमा शुरु भएको प्रतियोगितामा नेपाल भरका शिर्ष क्लबहरु डिफेन्डिङ च्याम्पियन थापाथली चेस पार्क क्लब, ललितपुर स्पोर्ट्स क्लब, लुम्बिनी इभेन्ट मेनेज्मेन्ट टिम, सुदुर पश्चिम खेलकुद विकास परिषद , दोलखा चेस होम, दोलखा बुद्धिचाल संघ, गण्डकी प्रदेश बुद्धिचाल संघ, कास्की जिल्ला बुद्धिचाल संघ, ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका, पुल्चोक क्याम्पस र ललितपुर जिल्ला बुद्धिचाल संघ गरि १९ टिम सहभागि छन् ।

प्रतियोगिताका संयोजक राजु ताम्राकारका अनुसार विजेता टिमले नगद पुरस्कार २ लाख, उपविजेताले १ लाख २० हजार, तेस्रो स्थान प्राप्त गर्ने टिमले ६० हजार र चौथो हुने टिमलाई ४० हजार नगद पुरस्कार प्रदान गरिनेछ। त्यसैगरी प्रत्येक बोर्डमा प्रथम हुने ४ जना खेलाडीहरुलाई जनही १०/१० हजार पुरस्कारको व्यवस्था गरिएको छ। प्रतियोगिताको कुल पुरस्कार राशी ४ लाख ७० हजार रहेको छ ।

 

प्रकाशित मिति: January 8, 2024

कमेन्ट गर्नुहोस्

advertisment