पल्सर स्पोर्ट्स अवार्डको २०औँ संस्करण माघ १२ गते 

पल्सर स्पोर्ट्स अवार्डको २०औँ संस्करण माघ १२ गते 
0Shares

काठमाडौँ, पुस २२ गते।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले हरेक बर्ष आयोजना गर्ने ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०७९’ माघ दोस्रो साता हुने भएको छ।

नेपाली खेलकुद पत्रकारहरूको छाता संगठन एनएसजेएफले आइतबार पत्रकार सम्मेलनमार्फत २०औँ संस्करण माघ १२ गते हुने जनाएको हो।

यस वर्ष पनि एनएसजेएफले प्रतियोगिताको मुख्य प्रायोजकमा हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालिको बजाज पल्सर मोटरसाइकललाई निरन्तरता दिएको छ।

आइतबार पत्रकार सम्मेलनमा एनएसजेएफ र बजाज पल्सरबीच प्रतियोगिताको मुख्य प्रायोजन सम्झौता समेत भएको छ। सम्झौतापत्रमा एनएसजेएफका तर्फबाट अध्यक्ष दुर्गानाथ सुवेदी र हंशराज हुलासचन्द कम्पनीको तर्फबाट कार्यकारी निर्देशक अभिमन्यु गोल्छाले हस्ताक्षर गरे।

२०६० सालदेखि निरन्तर आयोजना हुँदै आएको स्पोर्टस अवार्डमा नेपाली खेलकुदमा वर्षभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीसहित प्रशिक्षक र खेलकर्मीलाई सम्मान गरिनेछ।

देशमा देखिएको आर्थिक मन्दी र व्यावसायिक क्षेत्रमा आएको गिरावटका कारण अवार्ड कार्यक्रम भदौमा गर्ने भनिए पनि हुन नसकेको र केही ढिलै भए पनि अवार्ड हुन लागेको मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले जानकारी दिए।

५ वटा पल्सर मोटरसाइकल र १२ लाख रुपैयाँ नगद पनि प्रदान गरिने अभिमन्यूले जानकारी दिए। गत बर्ष पुरुषतर्फ फुटबलका अञ्जन विष्ट, महिलातर्फ भलिबलकी अरुण शाही, प्रशिक्षकतर्फ फुटबलका अब्दुल्लाह अलमुताइरी, युवामा मनीष डाँगी उत्कुष्ट घोषीत भएका थिए। पिपल्स च्वाइस अवार्ड भलिकलकी उषा भण्डारीले जितेकी थिइन्।

स्पेसल अवार्ड दानबहादुर तामाङ र उनकी पत्नी मायादेवी मोक्तानलाई प्रदान गरिएको हो। पारा एथलिट सम्मान तेक्वान्दोकी पलेशा गोवर्धन, एसियन स्पोर्टस जनर्नालिस्ट अवार्ड कतारका मोहम्मद हिजी र लाइफटाइम एचिभमेन्ट अवार्ड ओलम्पियन रघुराज वन्तलाई प्रदान गरिएको थियो।

 

प्रकाशित मिति: January 8, 2024

कमेन्ट गर्नुहोस्

advertisment