टी२० विश्वकप: नेपाल र दक्षिण अफ्रिका एउटै समूहमा

टी२० विश्वकप: नेपाल र दक्षिण अफ्रिका एउटै समूहमा
0Shares

काठमाडौं, (एजेन्सी) पुस २१ गते

आगामी जुनमा हुने टी२० विश्वकप क्रिकेटमा नेपाल समूह ‘डी’मा परेको छ।

नेपाल रहेको समूहमा दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्यान्ड्स रहेका छन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले शुक्रबार सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले पहिलो खेल जुन ४ मा नेदरल्यान्ड्ससँग अमेरिकाको डल्लासमा खेल्ने छ।

दोस्रो खेल जुन ११ मा श्रीलंकासँग अमेरिकाको फ्लोरिडामा तथा तेस्रो खेल जुन १४ मा दक्षिण अफ्रिकासँग सेन्ट भिन्सेन्टमा र जुन १६ मा बंगलादेशसँग पनि सेन्ट भिन्सेन्टमै खेल्नेछ। समूह ए मा भारत, पाकिस्तान, आयरल्यान्ड, क्यानडा र अमेरिका छन् ।

समूह बी मा इंग्ल्यान्ड अष्ट्रेलिया, नामिबिया, स्कटल्यान्ड र ओमान छन् । समूह सी मा न्युजिल्यान्ड, वेस्टइन्डिज, अफगानिस्तान, युगान्डा र पपुवा न्युगिनी छन् । हरेक समूहका शीर्ष दुई टोली सुपर ८ मा पुग्नेछन् । विश्वकप फाइनल २९ जुनमा हुनेछ । विश्वकप १ जुन देखी सुरु हुनेछ।

प्रकाशित मिति: January 6, 2024

कमेन्ट गर्नुहोस्

advertisment