काठमाडौं, (एजेन्सी) पुस २१ गते
ब्राजिलका पूर्वफुटबलर तथा प्रशिक्षक ड मारियो जागालोको निधन भएको छ।
खेलाडी र प्रशिक्षकका रूपमा ब्राजिललाई विश्वकप जिताएका जगालोको शनिवार ९२ वर्षको उमेरमा निधन भएको हो। उनी सन् १९५८ मा ब्रालिले पहिलो पटक विश्वकप जित्दा प्रमुख खेलाडी थिए।
त्यस्तै सन् १९७० मा उनको प्रशिक्षणमा ब्राजिलले विश्वकपको उपाधी जितेका थिए। सन् १९९४ मा ब्राजिलले विश्वकप जित्दा उनी कार्लोस अल्बर्टो परेराका सहायक थिए।
प्रकाशित मिति: January 6, 2024
 
                                            
                                         
                                                                         
                                                                         
                                                                         
                                                                         
                                                                         
                                                                         
                                         
                                         
                                         
                                         
                                         
                                         
                                         
                                         
                                         
                                        