काठमाडौं, (एजेन्सी) पुस २० गते
सालेरनिटाना विरुद्ध शानदार जित निकाल्दै युभेन्टस कोपा इटालियाको क्वाटरफाइनलमा प्रवेश गरेको छ।
गएराति भएको अन्तिम १६ को खेलमा युभेन्टसले सालेरनिटानालाई ६-१ गोल अन्तरले पराजित गरेको हो।
युभेन्टसका लागी फाबिओ मिरेट्टी, आन्द्रे काम्बियासो, डानीएले रुगानी केनान यिल्डिज र् टिमोथी वीहले समान १-१ गोल गरे। डिलान ब्रोनले युभेन्टसलाई आत्मघाती गोलको उपहार दिएका थिए।
सालेरनिटानाका लागि इकवुएमेसीले १ गोल फर्काए। क्वाटरफाइनलका खेलहरु जनवरी ९ बाट सुरु हुनेछन्। सेमिफाइनल प्रवेशका लागी युभेन्टसले फ्रोसिनोनेसंग प्रतिस्पर्धा गर्नेछ।
प्रकाशित मिति: January 5, 2024