काठमाडौं, (एजेन्सी) पुस २० गते
स्पेनिस ला लिगामा लास पाल्मासलाई पराजित गर्दै बार्सिलोना तेस्रो स्थानमा उक्लिएको छ।
राति भएको खेलमा बार्साले लास पाल्मासलाई २-१ गोलअन्तरले पराजित गरेको हो। बार्साको जितमा फेरान टोरेस र इकाई गुन्डवानले समान १-१ गोल गरे।
पाल्मासका लागी मुनिर एल हाडाडीले १ गोल गरे। यो जितसंगै बार्सिलोना १९ खेलमा ४१ अंक सहित तेस्रो स्थानमा उक्लिएको छ ।
पराजित भएको पाल्मास समान खेलमा १५ अंकसहित १० औ स्थानमा रहेको छ। शिर्ष स्थानमा रहेको रियल म्याड्रिड र दोस्रो स्थानमा रहेको जिरोनाको समान ४८ अंक रहेको छ ।
प्रकाशित मिति: January 5, 2024