यु १९ टोली शुक्रवार दक्षिण अफ्रिकामा जाँदै

यु १९ टोली शुक्रवार दक्षिण अफ्रिकामा जाँदै
0Shares

काठमाडौं, पुस १९ गते

नेपाल क्रिकेट संघ (क्यान) ले दक्षिण अफ्रिकामा हुने आइसीसी यु-१९ विश्वकपका लागि नेपाली देव खनालको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ।

नेपाली टोली शुक्रवार नै त्यसतर्फ जाँदैछ।

यहि जनवरी १९ देखी फेब्रुअरी ११ सम्म हुने प्रतियोगितामा नेपाल समूह ‘डी’ मा नेपाल, अफगानिस्तान, पाकिस्तान र न्युजिल्यान्ड छन् ।

समूह ‘ए’ मा भारत, बंगलादेश, आयरल्यान्ड र अमेरिका तथा समूह ‘बी’ मा इङ्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र स्कटल्यान्ड छन् । यस्तै समूह ‘सी’ मा अस्ट्रेलिया, आयोजक श्रीलंका, जिम्बावे र नामिबिया छन् ।

नेपालले आइसिसी एसिया छनोटमा घरेलु टोली संयुक्त अरब ईमिरेट्स (युएई) लाई हराउँदै विश्वकपमा स्थान बनाएको थियो ।

नेपालले जनवरी २१ मा न्युजिल्यान्डसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । त्यसपछि नेपालले जनवरी २४ मा पाकिस्तान र २७ मा अफगानिस्तानसँग खेल्नेछ ।

नेपाली टोली
देव खनाल( कप्तान), गुल्सनकुमार झा, दीपकप्रसाद डुम्रे, अर्जुन कुमाल, आकाश त्रिपाठी, दुर्गेश गुप्ता, विशालविक्रम केसी, दीपक बोहरा, सुवास भण्डारी, दिपेशप्रसाद कँडेल, उत्तम थापा मगर, दीपक बोहरा, विपिन रावल, तिलकराज भण्डारी, आकाश चन्द

प्रकाशित मिति: January 4, 2024

कमेन्ट गर्नुहोस्

advertisment