क्यानको वार्षिक कार्यक्रममा प्रशस्त योजना

क्यानको वार्षिक कार्यक्रममा प्रशस्त योजना
0Shares

काठमाडौं, पुस १९ गते

नेपाल क्रिकेट संघ (क्यान) ले आफ्नो राष्ट्रिय र अन्तर्राष्ट्रिय क्यालेन्डर सार्वजनिक गर्ने क्रममा राष्ट्रिय टोली देखि युवा र महिला खेलाडीहरुको थुप्रै योजना तर्जुमा गरेको छ।

विहिवार कीर्तिपुर मैदानमा गरिएको क्यालेन्डर सार्वजनिक कार्यक्रममा सचिव पारस खड्काले वर्षभरीका कम्तिमा ३५ वटा ठूलो साना कार्यक्रमबारे जानकारी गराएका हुन्।

क्यानको योजनामा यसपाली नेपाल प्रिमियर लिगको आयोजना गर्नेदेखि विदेशी टोलीलाई नेपालमा निम्त्याउने कार्यक्रम समावेश छ।

जसमा सबैभन्दा महत्वपूर्ण कार्यक्रममा नेपालले वेष्टइन्डिज/ अमेरिकामा हुने टी २० विश्वकप २०२४ को सहभागिता रहेको छ।

अर्कोतर्फ दुई हप्ता पछि दक्षिण अफ्रिकामा हुने यू-१९ विश्वकप क्रिकेट टिमको सहभागिता पनि क्यालेन्डरको प्राथमिकतामा छ।

त्यसपछि फेब्रुअरी मा नेपालले सन् २०२३/ २७ को विश्वकप लिग २ को श्रृंखलाको शुरुआत काठमाडौंबाट गर्नेछ। जसमा नेपालले नेदरल्याण्ड्स र नामिबिया संग खेल्नेछ।

त्यसपछि नेपालले सेप्टेम्बरमा क्यानडा गएर लिग टु खेल्ने तालिका छ । त्यसमा नेपाल संग क्यानडा र ओमान हुनेछन्।  लिग २ कै यो वर्षको अन्तिम खेलको रुपमा नेपालले अक्टोबरमा अमेरिका र स्कटल्याण्ड संग अमेरिकामा खेल्नेछ।

लिग २ को खेलबाहेक नेपालले आगामी फेब्रुअरी १० देखि १४ सम्म क्यानडालाई नेपाललमा बोलाएर तीन खेलको एकदिवसीय श्रृंखला खेल्नेछ।

यस्तै सेप्टेम्बरमा क्यानडा गएर नेपाल, क्यानडा र ओमानसहित टी-२० अन्तर्राष्ट्रिय सिरिज खेल्नेछ। त्यो लिग २ कै खेल अगाडिको तयारी खेल हुनेछ। पनि नेपालले क्यानडामै खेल्नेछ ।

त्यस्तै आगामी जुनमा अमेरिका र वेष्ट इन्डिजमा विश्वकप खेल्नु अगाडि  त्यहाँ गएर एक महिना लामो तयारी गर्ने पत्रकार सम्मेलनमा बताइएको छ।

त्यस्तै मार्च ६ देखि १२ सम्म हङकङमा चार देश सम्मिलित क्वाड्रागुलर टी-२० आई सिरिज गर्ने क्यानको योजना छ।

प्रकाशित मिति: January 4, 2024

कमेन्ट गर्नुहोस्

advertisment