फ्रेन्च सुपर कपको उपाधि पिएसजीलाई

फ्रेन्च सुपर कपको उपाधि पिएसजीलाई
0Shares

काठमाडौं, (एजेन्सी) पुस १९ गते

फ्रेन्च सुपर कपको उपाधि पिएसजीले जितेको छ ।

गए राती भएको खेलमा पिएसजीले टोउलोउसलाई २-० गोल अन्तरले पराजित गर्दै सुपर कपको उपाधि जितेको हो । पिएसजीका लागी ली कांग इन र किलीयन एम्बाप्पेले समान १-१ गोल गरे। योसंगै पिएसजीले यो उपाधी १२ औ पटक जितेको छ।

यस प्रतियोगिताको उपाधीका लागी लिग वानको विजेता र फ्रेन्च कोपाको विजेताले प्रतिस्पर्धा गर्नेगर्छन्। पिएसजी लिग वानको विजेताको रुपमा रहदा टोउलोउस फ्रेन्च कोपाको विजेता टोली हो।

प्रकाशित मिति: January 4, 2024

कमेन्ट गर्नुहोस्

advertisment