प्रधानमन्त्री कपको उपाधि एपीएफलाई

प्रधानमन्त्री कपको उपाधि एपीएफलाई
0Shares

काठमाडौं, पुस १८ गते

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि विभागीय टोली एपीएफले जितेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा एपीएफले कोशी प्रदेशलाई ११ रनले पराजित गर्दै उपाधि जितेको हो।

एपीएफले दिएको ११५ रनको लक्ष्य पछ्याएको कोशीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १०३ रन मात्रै बनायो। कोशीकी लागी कप्तान रुविना क्षेत्रीले ५८ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ६२ रन बनाइन्। त्यस्तै काजल श्रेष्ठले २२ रन बनाइन्।

एपीएफका लागी करुणा भण्डारी र सीता रानामगरले समान १/१ विकेट लिइन्।

त्यसअघी टस जितेर पहिला पहिला ब्याटिङ थालेको एपीएफले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११४ रन बनाएको थियो। कोशीका लागी इन्दु बर्माले ४७ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ५३ रन बनाइन्।

त्यस्तै ज्योति पाण्डेले ३० बलमा ३ चौकासहित २७ रन बनाउँदा रोमा थापाले १४ रन बनाइन्। कोशीका लागी अप्सरी बेगमले सर्वाधिक ३ विकेट लिदा अलिसा खडकायतले २ विकेट , रुविना क्षेत्री र निशा शाहले समान १/१ विकेट लिइन्। एपिएफले २०१७, १८, १९ र २०२१ मा पिएम कपको उपाधि जितेको थियो। उपाधीसंगै एपीएफले पाँच लाख र उपविजेता कोशीले तीन लाख प्राप्त गर्नेछन्।

 

प्रकाशित मिति: January 3, 2024

कमेन्ट गर्नुहोस्

advertisment