एन्फा यू १६ लिग: मनाङ र आर्मी विजयी

एन्फा यू १६ लिग: मनाङ र आर्मी विजयी
0Shares

काठमाडौं, पुस १८ गते

जारी एन्फा यूथ १६ लिगमा मनाङ मर्स्याङदी क्लब र आर्मी यू१६ फुटबल क्लब विजयी भएको छ।

मंगलबार एन्फा मुख्यालय सातदोबाटोमा सम्पन्न खेलमा मनाङले संकटा क्लब यू१६ लाई २-१ गोलले पराजित गरेको हो।

मनाङको जितमा दर्शन आधिकारीले दुबै गोल गरे भने संकटाका लागि अरुन श्रेष्ठले एक गोल गरे। यो जितसँगै मनाङ ८ खेलबाट १० अंक जोडेको मनाङ सातौं स्थानमा उक्लिएको छ। यता पराजित संकटाले भने शीर्ष स्थानमा अग्रता बनाउने मौका गुमाएको छ। समान ८ खेलबाट ५ जित, १ बराबरी र २ हारसहित संकाटको १६ अंक जनेड्दै शीर्ष स्थानमा यथावत् रहेको छ।

यता विभागिय टोली त्रिभुवन आर्मी क्लबले एफसी खुलमटार विरुद्ध १-० गोलको अग्रता उल्ट्याउँदै खेलमा ३-१ गोलको पुनरागमन जित निकालेको हो।

पहिलो हाफमा १-० गोलले पछि परेको आर्मीले दोस्रो हाफमा ३ गोल गर्दै खेलमा विजयी भएको हो। यो जितसँगै आर्मी ८ खेलमा २ बराबरी र ३ हार ब्यहोरेको आर्मी ११ अंकसहित छैटौं स्थानमा उक्लिएको छ। यता खुमलटारको भने यो छैटौं हार हो। समान ८ खेलबाट २ जितसहित ६ अंक जोडेको खुमलटार पुछारबाट दोस्रो स्थानमा रहेको छ।

 

प्रकाशित मिति: January 3, 2024

कमेन्ट गर्नुहोस्

advertisment