लिभरपुलको शानदार जित

लिभरपुलको शानदार जित
0Shares

काठमाडौं, (एजेन्सी) पुस १७ गते

प्रिमियर लिग फुटबलमा लिभरपुलले शानदार जित दर्ता गरेको छ।

राती भएको खेलमा घरेलु टोली लिभरपुलले न्युक्यासललाई ४–२ गोलअन्तरले पराजित गरेको हो। लिभरपुलको जितमा मोहम्मद सलाहले २ गोल गर्दा कर्टिस जोन्स र कोडी गाक्पोले समान १–१ गोल गरे।

न्युक्यासलका लागी अलेक्जेन्डर इसाक र स्भेन बोटमानले समान १-१ गोल गरे। यो जितसँगै २० खेलबाट ४५ अंक जोडेको लिभरपुलले शीर्षस्थानमा ३ अंकको अग्रता बनाएको छ। समान खेलमा न्युक्यासल २९ अंकसहित नवौँ स्थानमा रहेको छ। दोस्रो स्थानको एस्टन भिल्लाको समान खेलबाट ४२ अंक छ।

 

प्रकाशित मिति: January 2, 2024

कमेन्ट गर्नुहोस्

advertisment