नेपालको पहिलो खेल बंगलादेशसँग

साफ यू १९ च्याम्पियनसिपको खेल तालिका

नेपालको पहिलो खेल बंगलादेशसँग
0Shares

काठमाडौं, पुस १३ गते

काठमाडौँ, साफ यू–१९ महिला च्याम्पियनसिप २०२४ को खेल तालिका सार्वजनिक गरिएको छ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले बंगलादेशको राजधानी ढाकामा फेब्रुअरी २ देखि ८ सम्म आयोजना हुने खेलको तालिका सार्वजनिक गरेको हो। आयोजकका अनुसार उद्घाटन खेलमा बंगलादेश र नेपाल भिड्नेछन्।

नेपालले दोस्रो खेल फ्रेबुअरी ४ मा भुटानसँग र अन्तिम खेल भारतसँग ६ फ्रेबुअरीमा खेल्ने छ। प्रतियोगितामा आयोजक बंगलादेशसँगै नेपाल, भारत र भुटान गरी चार टोलीको सहभागिता रहनेछ। प्रत्येक टोलीले ३/३ खेल खेल्नेछन् र शीर्ष दुई टोली फाइनलमा पुग्ने छन्। फाइनल खेल फेब्रुअरी ८ मा हुनेछन्।

 

प्रकाशित मिति: December 29, 2023

कमेन्ट गर्नुहोस्

advertisment