सुदूरपश्चिमलाई हराउँदै कोशी प्लेअफमा

सुदूरपश्चिमलाई हराउँदै कोशी प्लेअफमा
0Shares

काठमाडौँ, पुस १२ गते

सुदूरपश्चिमलाई पराजित गर्दै कोशी प्रदेश प्रधानमन्त्री कप महिला क्रिकेटको प्लेअफ पुगेको छ।

बिहीबार सम्पन्न खेलमा सुदूरपश्चिमलाई ८ विकेटले पराजित गर्दै कोशीले प्लेअफमा स्थान बनाएको हो।

११९ रनको लक्ष्य पछ्याएको कोशीले १७.४ ओभरमा २ विकेट गुमाउँदै १२२ रन बनायो। कोशीको जितमा कप्तान रुविना क्षेत्री बेलबासे र काजल श्रेष्ठले अर्धशतकीय इनिङ्स खेलिन्। काजलले ४८ बलमा ८ चौकासहित ५४ रन बनाइन्। यता, रुविनाले ५५ बलमा ८ चौका र १ छक्कासहित ५१ रनमा अविजित रहिन्।

पहिलो विकेटका लागि रुविना र काजलले १७.१ ओभरसम्म ११८ रनको साझेदारी गरेका थिए। रुविना र काजलको साझेदारी सुदूरपश्चिमकी अनु कडायतले तोडेकी हुन्। उनले १७.१ ओभरमा काजललाई लक्ष्मी साउदबाट क्याच आउट गराइन्। कोशीकी अप्सरी बेगम गोल्डेन डकआउट भइन्। बिमला मलहा ४ रनमा अविजित रहिन्।

सुदूरपश्चिमकी अनु कडायतले २ विकेट लिइन्। उनले ३.४ ओभरमा १९ रन खर्चिइन्। त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै ११८ रन बनाएको थियो।

 

प्रकाशित मिति: December 28, 2023

कमेन्ट गर्नुहोस्

advertisment