पोखरा थन्डर्स र ललितपुर सिटी भिड्दै

पोखरा थन्डर्स र ललितपुर सिटी भिड्दै
0Shares

काठमाडौं,  पुस १२ गते

नेपाल सुपर लिग अन्तरगत आज हुने दोस्रो क्वालिफायर राउण्डमा पोखरा थन्डर्स र ललितपुर सिटी भिड्दै छन्।

दरशरथ रंगशालामा हुने यस खेल साझ ५:३० बजे शुरू हुनेछ। आजको खेलको विजेता टोलीले फाइनलमा धनगढीसंग उपाधीका लागि खेल्ने छ ।

पोखरा थन्डर्स लिग चरणमा शीर्ष स्थानमा रहँदै सिधै क्वालिफायर राउण्डमा प्रवेश गरेको थियो तर पहिलो क्वालिफायरमा धनगढीसंग पेनाल्टी सुटआउटमा पराजित भएको थियो।

यता ललितपुर भने लिग चरणमा चौथों स्थानमा रहँदै एलिमिनेटर राउण्डमा खेल्दै दोस्रो क्वालिफायर राउण्डमा प्रवेश गरेको हो। एलिमिनेटर राउण्डमा काठमाडौंलाई ३-० गोलले पराजित गरेको थियो।

लिग चरणमा यी दुई टोली पोखरा थन्डर्स र ललितपुर सिटी गोल रहित बराबरी खेलेको थियो। एनएसएलको विजेताले पुरस्कार राशी ७० लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

यो रकम पहिलो संस्करण सन् २०२१ को विजेताले पाएको रकम भन्दा दोब्बर हो। यस्तै उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र इमर्जिङ खेलाडीले पाउने पुरस्कार राशी पनि सार्वजनिक गरिएको छ । दोस्रो संस्करणको उत्कृष्ट खेलाडीले २ लाख रुपैयाँ पाउने छन् । सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक र इमर्जिङ खेलाडीले जनही १ लाख रुपियाँ प्राप्त गर्नेछन्।

प्रकाशित मिति: December 28, 2023

कमेन्ट गर्नुहोस्

advertisment