गोल्डेनगेट र बूढानिलकण्ठ च्याम्पियन

गोल्डेनगेट र बूढानिलकण्ठ च्याम्पियन
0Shares

काठमाडौं, पुस १० गते
गोल्डेन गेट र बूढानीलकण्ठ समृद्धि यु–१९ राष्ट्रिय बास्केटबल प्रतियोगितामा मंगलबार च्याम्पियन बनेका छन् ।

गोल्डेन गेट पुरुष तथा बूढानीलकण्ठ महिलामा च्यमम्पियन भए । बूढानीलकण्ठको पुरुष टोली फाइनल पुगेपनि उपाधि भने जित्न सकेन ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पुरुष फाइनलमा गोल्डेन गेटले बूढानीलकण्ठलाई १००–८८ ले पराजित ग¥यो । गोल्डेन गेटका नुकेश मगरले २८ स्कोर गरे ।
समृद्धि स्कुलको सहकार्यमा नेपाल बास्केटबल संघद्वारा आयोजित प्रतियोगिताअन्तर्गत महिलाको उपाधि भिडन्तमा बूढानीलकण्ठले आईएसए नेपाललाई २८–१८ ले हरायो । विजयी टिमका लागि रिन्चेन मोक्तानले १९ अंक जोडिन् । पुरुष÷महिला दुवैमा पहिलो हुनेले ३० हजार तथा दोश्रोले १५ हजारका दरले नगद पुरस्कार पाए ।
फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय नुकेश र रिन्चेन ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । दुवैले जनही ५ हजार नगद पुरस्कारका साथै ५ हजार रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर प्राप्त गरे ।
विजेतालाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, आयोजक संघका अध्यक्ष भीमसिंह गुरुङ, आयोजक संघका महासचिव नरेन्द्र थापालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । पुस ३ गतेदेखि सुरु प्रतियोगिताको पुरुषमा २० तथा महिलामा ५ टिम सहभागी थिए ।

प्रकाशित मिति: December 26, 2023

कमेन्ट गर्नुहोस्

advertisment