सरकारको लगानी  बालुवामा पानी – मन्त्री लिम्बु

माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस

सरकारको लगानी  बालुवामा पानी – मन्त्री लिम्बु
0Shares

पोखरा, पौष १० ।

नेपाल सरकारका यूवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्वुले खेलकुद क्षेत्रमा सरकारको लगानीमा रहेका धेरै पूर्वाधारहरु अधुरो रहेको जनाएका छन् ।

कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा मंगलबारबाट सुरु भएको “२० औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता २०८०” को उद्घाटनको क्रममा सो कुरा बताएका हुन् । सरकारले खेल पूर्वाधारहरुको निर्माणका लागि संघिय, स्थानिय, प्रदेश सरकार र निजी क्षेत्रको सहभागितामा प्रतिफल दिने गरी काम अघि बढाउने गरि आफूले समन्वय गरिरहेको बताए ।

संघिय सरकारले मात्रै देशभर रहेका खेल पूर्वाधारहरुको संरक्षण गर्न नसक्ने जनाउँदै मन्त्री लिम्वुले संघिय, प्रदेश र स्थानिय सरकारले कुन र कस्ता पूर्वाधारहरु कुन–कुन हुन सक्छन्, कुन तहले कुन खेल मैदानको जिम्मेवारी लिने त्यसको पहिचान गर्न राष्ट्रिय खेलकुद परिषद्लाई अध्ययनका लागि निर्देशन दिएको उनले बताए । उनले भने–“सबैले जिम्मेवारीपूर्वक जवाफदेही ढङ्गबाट सुझाव दिन र प्रयाप्त मात्रामा खेल प्रशिक्षणस्थलहरुको निर्माण गरी तिनै तहको सरकारका विच समन्वय गर्ने गरि मन्त्रालय योजनावद्ध रुपमा अघि बढेको छ ।”

सो अबसरमा कास्की टेनिस संघका अध्यक्ष लोक बहादुर गुरुङ, गोरखा नेप्लिज टेनिस क्लब युकेका अध्यक्ष हर्कबहादुर गुरुङ, कास्की टेनिसका सचिव नविन श्रेष्ठले समेत आफ्ना भनाई राखेका थिए ।
यहि पौष १० गतेबाट १५ गते सम्म पोखरा रंगशालाको टेनिस कोर्टमा सञ्चालन हुने प्रतियोगितामा महिला तर्फ १३ र पुरुषतर्फ २०३ गरी २१६ जना खेलाडीहरुको टुर्नामेन्ट डाइरेक्टर राजन पौडेलका अनुसार प्रतियोगिता नेपालका नं १ देखि ८ नं सम्मका ¥याकिङ खेलाडीहरु मैदानमा उत्रिने छन् । नेपालका नं १ पुरुष तर्फ पोखराका प्रदिप खड्का र नं १ महिला खेलाडी अभिलाषा विष्टले सहभागिता जनाउने उनले जनाए । प्रतियोगितामा पहिलो चरणका खेलहरु सुरु भएका छन् ।

प्रकाशित मिति: December 26, 2023

कमेन्ट गर्नुहोस्

advertisment