२३ वर्षपछि चेल्सी लगातार चार खेलमा पराजित

२३ वर्षपछि चेल्सी लगातार चार खेलमा पराजित
0Shares

काठमाडौं, पुस ९ गते

प्रिमियर लिग फुटबलमा चेल्सी पराजित भएको छ।

आइतबार राति घरेलु मैदानमा ओल्भरह्याम्टन (ओल्भस्)ले चेल्सीलाई २–१ गोल अन्तरले पराजित गरेको हो।

५१औँ मिनेटमा ओल्भस् का मारियो लेमिनाले पहिलो गोल गरे। त्यस्तै खेलको इन्जुरी समय ढोर्टेले ओल्भस् का लागी दोस्रो गोल गरे। चेल्सीका लागि एन्कुनले इन्जुरी समयमै एक गोल फर्काएका थिए। सन् २००० पछि चेल्सी लगातार चार खेलमा हारेको पहिलो पटक हो।

चेल्सी २२ अंकसहित तालिकाको १० औँ स्थानमा छ। चेल्सीसँग अंक बराबरी गरेको वल्भ्स भने १४औँ स्थानबाट गोल अन्तरका आधारमा ११ औँ स्थानमा उक्लिएको छ। आर्सनल शीर्ष स्थानमा छ भने लिभरपुल र स्टनभिला क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्।

प्रकाशित मिति: December 25, 2023

कमेन्ट गर्नुहोस्

advertisment