सन्दीप लामिछानेविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

सन्दीप लामिछानेविरुद्धको मुद्दा हेर्दाहेर्दैमा
0Shares

काठमाडौँ,पुस ८ गते

क्रिकेटर सन्दीप लामिछानेविरूद्धको नाबालिग बलात्कारसम्बन्धी मुद्दामा अन्तिम फैसला बहस नसकिएपछि हेर्दाहेर्दैमा परेको छ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा सरकारी वकिलका तर्फबाट सुविर परियार र सीताराम अर्याल र पीडितको पक्षबाट अधिवक्ता आत्म आचार्यले पनि बहस गरे। लामिछानेका वकिलहरूले अझै बहस गर्न बाँकी छ। मुद्दा माथिको बहस नसकिएपछि न्यायाधीश ढकालले सन्दीप विरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखेका हुन्।

यसअघि मंसिर २४ गते न्यायाधीश पदम पाण्डेको इजलासमा पेसी तोकिए पनि सन्दीप लामिछाने पक्षका वकिलहरूले निवेदन दिएपछि सुनुवाइ स्थगित भएको थियो। नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका लामिछानेविरुद्ध २०७९ कात्तिक १४ गते जिल्ला अदालत काठमाडौंमा जबरजस्ती करणीको मुद्दा दायर भएको थियो।

प्रकाशित मिति: December 26, 2023

कमेन्ट गर्नुहोस्

advertisment