गोलकिपर विशाल द्वारा सन्न्यास

गोलकिपर विशाल द्वारा सन्न्यास
0Shares

काठमाडौं, पुष ७ गते

नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर विशाल श्रेष्ठले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासके घोषणा गरेका छन् ।

जारी नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आफ्नो टिमको अन्तिम खेलपछि उनले पोष्ट म्याच कन्फ्रेन्समा बोल्दा सन्सासको घोषणा गरेका हुन्।

उनले साफ च्याम्पियनसिपपछि नै सन्यासको लिने विषयमा आफू तयार रहेको बताएका छन्। त्यस्तै उनले क्षमतावान् युवा गोलकिपरहरु पनि आइरहेको र उनीहरुलाई अवसर दिनका लागि यस्तो निर्णय लिएको बताएका छन्।

राष्ट्रिय टोलीमा परेको करिब एक दशकपछि उनले २०७८ सालको भदौमा दशरथ रंगशालमा भारतविरुद्धको खेलमा राष्ट्रिय टिमका लागि डेब्यु गरेका थिए ।

त्यसपछि उनले कुनेपनि खेलमा अवसर पाएनन्। उनले एन्फा एकेडेमीमा विं.सॅ २०५९ सालबाट २०६६ सालसम्म आवद्ध हुदै आफ्नो करियरको सुरुवात गरेका थिए।

प्रकाशित मिति: December 24, 2023

कमेन्ट गर्नुहोस्

advertisment