म्यानचेस्टर सिटीलाई क्लब विश्वकपको उपाधि

म्यानचेस्टर सिटीलाई क्लब विश्वकपको उपाधि
0Shares

काठमाडौँ, पुष ७ गते

फ्लुमिनेन्सलाई हराउदै फिफा क्लब विश्वकपको उपाधि म्यानचेस्टर सिटीले जितेको छ।

शुक्रवार राती साउदी अरेबियामा भएको फाइनलमा सिटीले ब्राजिलियन टोली फ्लुमिनेन्सलाई ४–० ले पराजित गर्दै पहिलो पटक यो उपाधी जितेको हो।

सिटीका लागि जुलियन अल्भारेजले दुई गोल गर्दा फिल फोडेनले एक गोल गरे। यस्तै एक आत्मघाती गोल सिटीले उपहार पाएको थियो। सिटीले सन् २०२३ मा प्रिमियर लिग, एफए कप, च्याम्पियन्स लिग, यूईएफए सुपरकप र फिफा क्लब विश्वकप गरि ५ वटा उपाधी समेत जितेको छ।

प्रकाशित मिति: December 24, 2023

कमेन्ट गर्नुहोस्

advertisment