प्रधानमन्त्री कप : सुदुर पश्चिमले हरायो लुम्विनीलाई

प्रधानमन्त्री कप : सुदुर पश्चिमले हरायो लुम्विनीलाई
0Shares

काठमाडौं, पुस ६ गते

सुदुरपश्चिमको पहिलो जित पहिलो खेलमा एपीएफसँग ९ विकेटले पराजित भएको सुदुरपश्चिमले लुम्बिनी प्रदेशलाई ९ विकेटले पराजित गरेको छ।

लुम्बिनीले दिएको ७२ रनको लक्ष्य सुदुरपश्चिमले ९.५ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्‍यो। सुदुरपश्चिमकी कविता जैशीले सर्वाधिक २४ रन बनाइन्।

उनले १२ बलमा ३ चौका र १ छक्का प्रहार गरिन्। ओपनर रेवती धामीले अविजित रहँदै २५ बलमा २ चौकासहित १७ रन बनाइन्। अर्की ओपनर रुवि पोडारले २२ बलमा १ चौकासहित १४ रन बनाइन्। लुम्बिनीकी मधु जिसीले १ विकेट लिइन्।

त्यसअघि मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ७१ रन बनाएको थियो। लुम्बिनीकी सरस्वती पुनले सर्वाधिक १९ रन बनाइन्। उनले ३० बलमा ३ चौका प्रहार गरिन्। आश्मा पुलामी मगर १६ र सुस्मा बजगाईँ १४ रनमा आउट हुँदा अन्यको प्रदर्शन निराशाजनक रह्यो।

सुदुरपश्चिमकी लक्ष्मी साउदले २ विकेट लिइन्। ईश्वरी विष्ट, अनु कठायत र रितु कनौजियाले १/१ विकेट लिइन्। जितसँगै सुदूरपश्चिम २ अंकसहित तेस्रो स्थानमा पुगेको छ। यता, गण्डकीलाई पहिलो खेलमा ४ विकेटले पराजित गरेको लुम्बिनीको समान २ अंक रहेको छ। लुम्बिनी अंक तालिकाको छैटौँ स्थानमा छ।

प्रकाशित मिति: December 22, 2023

कमेन्ट गर्नुहोस्

advertisment