काठमाडौं, पुस ६ गते
नेपाल सुपर लिग (एनएसएल)मा आज दुई खेल हुदैछन्।
आज हुने पहिलो खेलमा पोखरा थण्डर्स र धनगढी एफसी भिड्दैछन्। पोखराले यसअघि नै प्लेअफमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ। उता दोस्रो स्थानमा रहेको धनगढीलाई प्ले अफमा स्थान बनाउन आजको खेल जित्नै पर्ने दबाब रहेको छ। यी दुईबिचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजेबाट सुरु हुनेछ ।
त्यस्तै आजको दोस्रो तथा अन्तिम खेलमा झापा एफसी र एफसी चितवन भिड्दैछन्। यी दुईबिचको खेल साँझ ५ बजेबाट सुरु हुनेछ। ७ खेलबाट १० अंक जोड्दै चौथो स्थानमा रहेको झापाका लागी प्ले अफमा पुग्नका लागी आजको खेल जित्नै पर्ने दबाब रहेको छ। चितवनको भने प्ले अफमा पुग्ने सम्भावना समाप्त भइसकेको छ। चितवन समान खेलमा ६ अंकसहित तालिकाको पुच्छारमा रहेको छ।
प्रकाशित मिति: December 22, 2023
 
                                            
                                         
                                                                         
                                                                         
                                                                         
                                                                         
                                                                         
                                                                         
                                         
                                         
                                         
                                         
                                         
                                         
                                         
                                         
                                         
                                        