पढाईमा पनि अब्बल न्यु डायमन्डका भलिवल खेलाडीहरु

पढाईमा पनि अब्बल न्यु डायमन्डका भलिवल खेलाडीहरु बाँयाबाट क्रमश ललिता नाथ, सलिना श्रेष्ठ र झरना श्रेष्ठ।
0Shares

काठमाडौं, पुस ६ गते

न्यु डायमन्ड युथ स्पोर्टस् क्लब महिला भलिवलमा सबैभन्दा चर्चित नाम हो। तर सो क्लबका खेलाडीहरुको अर्को विशेषता पनि छ। त्यो हो पढाईमा अब्बल।

न्यु डायमन्डका मुख्य प्रशिक्षक कुमार राई नयाँ नयाँ खेलाडीहरु खोज्छन्। तिनीहरुमा भलिवलको कला भर्न मेहनत गर्छन्। साथसाथै उनले खेलाडीहरुको पढाईमा पनि उतिक्कै ध्यान दिने गर्छन्।

स्कुलको पढाई त न्यु डायमन्ड स्कुलमा हुने नै भयो। स्कुले पढाई पछि भने कुमार राई आफ्ना खेलाडीहरुलाई कलंकी वरपर रहेका कलेजहरुमा पढाउन आफ्नै कुद्ने गर्छन्।

उनी भन्छन् – ” कलंकीका कलेजहरुमा हामी कुरा गर्छौ केही शर्तहरुका साथ। कलेजले निकै थोरै फी मा हाम्रा खेलाडीहरुलाई पढाइदिने गरेका छन्। ”

हालै दशरथ रंगशालामा भएको कन्भोकेशनमा न्यु डायमन्डका तीनजना खेलाडीहरु  सलिना श्रेष्ठ, झरना श्रेष्ठ र ललितानाथ एकै फोटोमा देखिए।

यी सबै राष्ट्रिय भलिवल टोलीका सदस्य रहेका र रहिसकेका खेलाडीहरु हुन्।

उनीहरुले एडमार्क एकेडेमीबाट कमर्शमा ब्याचलर गरेका हुन्।

कुमार राई भन्छन् – ” हाम्रा खेलाडीहरु पढाईमा पनि उति नै राम्रा छन्। कलेजमा उनीहरुको अनुशासन अरुको लागि उदाहरण हुने गरेको छ। ”

केही शर्त सहितको पढाई भनेको के हो ? कुमार भन्छन् -” चाहेको बेलामा भलिवल खेल्नका लागि छुट्टीको ब्यवस्था। ”

 

 

प्रकाशित मिति: December 21, 2023

कमेन्ट गर्नुहोस्

advertisment