धनगढीको पोस्टमा झापाको २ गोल

धनगढीको पोस्टमा झापाको २ गोल
0Shares

काठमाडौं, पुष ४ गते

झापा एफसीले धनगढी एफसीको पोस्टमा दुई गोल ठोकेपछि नेपाल सुपर लिग(एनएसएल) को दोस्रो संस्करणको समिकरण अझ रोचक बन्न पुगेको छ।

दशरथ रंगशालामा आइतबार सम्पन्न खेलमा झापा एफसीले धनगढीलाई दोस्रो हाफमा दुई गोल गरेको हो। प्रतियोगितामा धनगढी एफसीको यो पहिलो हार पनि हो।

झापाको जितको अर्थ उ प्रतियोगिताको शीर्ष चारमा उक्लिएको छ। यता धनगढीको भने शीर्ष स्थानमा उक्लिदै प्ले अफमा ढुक्क हुने अवसर गुमेको छ। तथापी टोलीको दोस्रो स्थान भने यथावत छ।

झापाको सात खेलमा १० अंक छ भने समान खेलबाट धनगढीको १२ अंक छ।

५३ औं मिनेटमा मार्की खेलाडी अन्जनले छिरिङ लामाको क्रसमा सुन्दर हेडर गोल गरे । अन्जनको हेडरले पहिलो बारको जाली चुमेको थियो ।

७० औं मिनेटमा अभिषेक गुरुङको क्रसमा फोडे फोफानाको हेडर झापाका गोलकिपर स्टेफन कुपिकले बचाए ।

७७ औं मिनेटमा झापाले अग्रता दोब्बर गर्यो । वैकल्पिक खेलाडी प्रदीप लामाको कटब्याकमा साञ्चेजको वान टच  प्रहार गोलमा परिणत हुनै लाग्दा समीराजले बललाई जाली चुमाएका थिए ।

 

प्रकाशित मिति: December 21, 2023

कमेन्ट गर्नुहोस्

advertisment