पोखरा तीन अंक सहित प्ले अफमा प्रवेश, ललितपुर चुक्यो

पोखरा तीन अंक सहित प्ले अफमा प्रवेश, ललितपुर चुक्यो
0Shares

काठमाडौं, पुष ३ गते

पोखरा थन्डर्सले वुटवल लुम्विनीलाई पराजित गरेर नेपाल सुपर लिग (एनएसएल) को प्ले अफमा पुग्ने पहिलो टिम बन्दा मंगलबारकै दिन ललितपुर एफसीले भने त्यो मौका गुमाएको छ।

दशरथ रंगशालमा मंगलवार चलेको दुई खेलमा पोखरा थन्डर्सले वुटवल एफसीलाई १० ले पराजित गर्यो भने अर्को खेलमा स्पोर्टिङ इलाम एफसी डी मेचीले पनि ललितपुर सिटी एफसीलाई सोही अन्तरले पराजित गरेको हो।

भाग्यमानी पोखराले खेल सकिनै लाग्दाको इन्ज्युरी समयमा गोल गर्न सकेको हो। मोसेस टुमले निर्णायक गोल गरेका थिए। आयुष घलानको सुन्दर पासलाई सदुपयोग गर्दै टुमले सो गोल निकालेका थिए।

साथै जारी लिगमा उनी ४ गोल गर्दै लिगको शीर्ष गोलकर्ता पनि बने।

जितसंगै पोखराको १४ अंक बन्यो र टोली एनएसएलको दोस्रो सिजनमा प्लेअफमा पुग्ने पहिलो टोली समेत बन्न सफल भयो।

हारले बुटवलको प्लेअफ पुग्ने लक्ष्यमा वाधक बन्न पुग्यो। सात खेलमा ७ अंक मात्र जोडेको बुटवल गणितीय हिसाबमा प्लेअफको दौडबाट बाहिरिएको छ ।

यता स्पोर्टिङ इलाम एफसी डी मेचीलाई जित दिलाउन एकमात्र गोल फोडे कमाराले गरेका थिए।

लिगका सबै खेल खेल्न भ्याएको इलामको लागि सन्तुष्टिको कुरा के हुन सक्छ भने टोली लिगको पुछारमा पर्ने टोली नबन्न पनि सक्छ।

जितसँगै ८ खेलमा ८ अंक जोडेको इलाम पाँचौं स्थानमा उक्लिएको छ । पहिलो पराजय ब्यहोरेको ललितपुर ७ खेलबाट १० अंकका साथ तेस्रो स्थानमा छ ।

५९ मिनेटमा इलामका लागि कमारले रक्षक ओमोलाजा नुरेन करिमबाट खोसेको बललाई एकल प्रयासमा गोलकिपर बाल्टुसलाई बिट गर्दै पोस्टको दिशा दिएका थिए ।

 

 

प्रकाशित मिति: December 19, 2023

कमेन्ट गर्नुहोस्

advertisment