भ्याली पब्लिकको विजयी सुरुआत

भ्याली पब्लिकको विजयी सुरुआत
0Shares

काठमाडौैं,पुष ३ गते
भ्याली पब्लिकले समृद्धि यु–१९ राष्ट्रिय बास्केटबल प्रतियोगिताको पुरुषमा मंगलबार विजयी सुरुआत गरेको   छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतिस्पर्धामा भ्याली पब्लिकले काभ्रे बास्केटबल एकेडेमीलई ७२–५० ले पराजित ग¥यो । भ्याली पब्लिकको जितमा प्रवीण गुरुङले २५ अंक योगादन गरे ।
महिलामा भने भ्याली पब्लिक चुक्यो । सन्ध्या डंगोलको १४ अंक सहयोगमा आईएएस नेपालले भ्याली पब्लिकलाई ५०–२३ को फराकिलो अन्तरले हरायो । गल्र्सकै अर्को खेलमा जेभियर इन्टरनेसनल कलेजले गोल्डेनगेटलाई पन्छायो ।
पुरुषको अन्य खेलमा स्नोल्यान्ड, रोयल र ग्रिनफिल्डले जित हात पारे । स्नोल्यान्डले हाउन्ड्सलाई ४४–३६ ले पन्छायो । विजेताका गगन राईले १७ स्कोर गरे ।
रोयलले जेभियरमाथि ६८–४५ को जित रच्यो । रोयलका श्रीयुक्ता सोले १८ अंक जोडे । टाइमआउट विरुद्धको प्रतिस्पर्धामा ग्रिनफिल्ड ७१–६१ ले विजयी भयो । ग्रिनफिल्डका सोनम लामाले २३ अंक जोडे  ।
प्रतियोगिताको पूर्व बास्केटबल प्रशिक्षक इश्वरमान मालाकार र नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङले एक कार्यक्रमबीच उद्घाटन गरे ।
प्रतियोगिताको पुरुषमा २० तथा महिलामा ५ टिम छन् । पुरुषमा सहभागीलाई ८ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइएको छ । महिलाको प्रतिस्पर्धा सिंगल राउन्ड रोविनका आधारमा हुनेछ । लिगमा शीर्ष दुई स्थान हात पार्नेले उपाधिका लागि भिड्ने छन् ।
दुवै समूहका विजेताले ३० हजार र उपविजेताले १५ हजार नगद पुरस्कार पाउने छन् । पुरुष÷महिलाका ‘मोस्ट भेलुएबल प्लेयर’ लाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिने छ । फाइनल पुस १० गते हुनेछ ।

प्रकाशित मिति: December 19, 2023

कमेन्ट गर्नुहोस्

advertisment