कृष्णप्रसाद भट्टराई स्मृति करातेमा ३ सय वढी खेलाडी

कृष्णप्रसाद भट्टराई स्मृति करातेमा ३ सय वढी खेलाडी
0Shares

काठमाडौं, पुस ३ गते
नेपाल सितोरियो कराते संघ, जिल्ला प्रमुख डोजो, लगनखेलको आयोजनामा तेश्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता आगामी माघ १८ गतेदेखि २०गते तीन दिनसम्म हुने  भएको छ ।
प्रतियोगितामा सात प्रदेश तथा तीन विभागीय टोली (नेपाल आर्मी, नेपाल प्रहरी, नेपाल एपीएफ क्लब) गरी १० टिमका २ सय १० खेलाडीको सहभागिता रहने मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोजक डोजोका अध्यक्ष दीपक श्रेष्ठले जानकारी गराए । प्रत्येक टिमले २१ खेलाडी सहभागी गराउन पाउने छन् ।
एकल र टिम कातासहित पुरुषमा ९ र महिलामा ८ गरी जम्मा १७ स्पर्धमा खेल हुनेछ । टिम च्याम्पियनले १ लाख तथा उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । पुरुष÷महिलामा उत्कृष्ट हुने खेलाडीलाई जनही २५ हजार नगदबाट पुरस्कृत गरिने छ ।
आयोजक र गोदवारी नगरपालिकाबीच ४ संस्करण प्रायोजन गर्ने पूर्व सहमति बमोजिम तेश्रो संस्करणका लागि पनि मंगलबारै सम्झौता पत्रमा हस्ताक्षर भएको छ । आयोजकका अध्यक्ष श्रेष्ठ र गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार मुख्य प्रायोजक गोदावरी नगरपालिकाले १५ लाख सहयोग गर्ने छ ।
आयोजकका अनुसार सातदोबाटोस्थित कराते हलमा हुने तीनदिने प्रतियोगिता सञ्चालन गर्न करिब ५५ लाख रुपैयाँ खर्च  हुनेछ ।
प्रतियोगिताका परिकल्पनकार एवं बागमती प्रदेशका सांसद् मिनकृष्ण महर्जनले प्रतियोगिता नेपालकै स्तरीय प्रतियोगिता मध्येको एक भएकाले सबैको साथ र सहयोग रहने विश्वास व्यक्त गरे ।
मेयर महर्जनले गोदावरी नगरपालिकाले खेलकुदलाई विशेष प्राथमिकता दिदै आएको बताउदै प्रतियोगिताले एरिका गुरुङ (हाङझाव एसियाडकी ऐतिहासिक रजत विजेता) जस्ता खेलाडी उत्पादन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा नेपाल कराते महासंघका महासचिव दावा गुरुङलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: December 19, 2023

कमेन्ट गर्नुहोस्

advertisment