काठमाडौं, पुस २ गते
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को सोमवार बसेको कार्यसमितिको वैठकले संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधारलाई प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा नियुक्त गरेको छ।
प्रविण कुमार यादवलाई सहायक कोषाध्यक्ष चयन गरेको छ।
तथापी बैठकमा उपस्थित कतिपय सदस्यहरुले सिइओ पद खुल्ला प्रतिस्पर्धाबाट छान्नुपर्नेमा त्यसो नगरेको भन्दै विरोध गरेका छन्।
तुलाधर यसअघि पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाको समूहमा थिए भने उनले एन्फाको वर्तमान कार्यशैलीको विरोध गर्दै आएका थिए।
त्यसैगरी साधारण सभाले एन्फाको विशेष साधारण सभा आगामी माघ ८ गते काठमाडौंमा गर्ने निर्णय गरेको छ। त्यसपछि फागुन १४ गते साधारण सभा पनि काठमाडौं मा गर्ने भएकोछ।
त्यसैगरी बैठकले दक्षिण एसियाली फुटबल महासघं ( साफ) महिला च्याम्पियनसिप र यु १६ च्यम्पियनसिप आयोजनाका लागि दावी पेश गर्ने भएको छ।
विशेष साधारण सभाले १४ वटा निर्णय गरेको छ। जसमा एन्फाका कर्मचारी बसन्त अर्याललाई अनुशासनको कारवाही गर्दै वर्खास्त गरेको छ।
प्रकाशित मिति: December 19, 2023
 
                                            
                                         
                                                                         
                                                                         
                                                                         
                                                                         
                                                                         
                                                                         
                                         
                                         
                                         
                                         
                                         
                                         
                                         
                                         
                                         
                                        