काठमाडौं, पुस २ गते
अखिल नेपाल फुटबल संघ (एन्फा) को सोमवार बसेको कार्यसमितिको वैठकले प्रतियोगितामा विक्रि हुने टिकटको २० प्रतिशत रकम उक्त प्रतियोगितामा सहभागि खेलाडीहरुलाई बाड्ने निर्णय गरेको छ।
त्यस्तै प्रतियोगिताका बेला यसअघि अधिकाँशलाई वितरण गर्दै आएको पास बाँड्ने प्रथालाई पनि बन्द गर्ने निर्णय गरेको छ।
सातदोबाटोस्थित एन्फा मुख्यालयमा सोमवार बसेको कार्यसमिति बैठकले यस्तो निर्णय गरेको हो।
सोमवार बिहान ११ बजेका लागि बोलाइएको बैठक वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासहित १० सदस्यले असन्तुष्टि जनाएपछि वैठक बस्न ढिला भएको थियो।
त्यसअघि बैठकमा महिला समितिका पदाधिकारीहरुलाई बस्न नदिएको भन्दै एन्फा कार्यसमिति सदस्य तथा महिला समितिका अध्यक्ष पेमा लामाले वैठक त्यागेकी थिइन्।
प्रकाशित मिति: December 18, 2023
 
                                            
                                         
                                                                         
                                                                         
                                                                         
                                                                         
                                                                         
                                                                         
                                         
                                         
                                         
                                         
                                         
                                         
                                         
                                         
                                         
                                        