फेका कपमा गेटवे च्याम्पियन

फेका कपमा गेटवे च्याम्पियन
0Shares

काठमाडौं, पुस २ गते
गेटवे एकेडेमीले १६ औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि आइतबार जितेको छ । गेटवे पहिलोपटक उपाधि जित्दै फेका कपको नयाँ च्याम्पियन बन्यो ।
स्वच्छ शैक्षिक प्रतिस्पर्धीहरुको संगठन (फेका) द्वारा आयोजित प्रतियोगिताको फाइनलमा गेटवेले पूर्व विजेता न्यु स्टार पोललाई १–० को झीनो गोलअन्तरले पराजित ग¥यो । गेटवेका प्रतिक रायमाझीले निर्णायक गोल गरे । प्रतिक नै फाइनलको ‘म्यान अफ द म्याच’ घोषित भए ।
मूलपानीमा तेश्रो स्थानका लागि भएको खेलमा अक्षरिकाले हाइली क्रिएटिभलाई २–१ ले हरायो । अक्षरिकाका निशान थापा ‘म्यान अफ द म्याच’ चुनिए । शीर्ष स्थान हात पार्ने टिमले क्रमशः ४० हजार, २० हजार, १० हजार र ५ हजार नगद पुरस्कार हात पारे ।
प्रतियोगिताले १६ औं संस्करण पार गर्दा कोटदेवी, करियर बिल्डिङ इन्टरनेसनल एकेडेमी र गोठाटारले समान ३–३ पटक उपाधि जितेका छन् । न्यु स्टार पोल, कस्मिक इन्टरनेसनल एकेडेमी, ओरियन्टल एकेडेमी, ग्रिनविच एकेडेमी, नेक्सस इन्टरनेसनल एकेडेमी र कौस्तुभ समान १–१ पटक च्याम्पियन बनेका छन् ।
गेटवेका लक्ष्मण उप्रेतीले दोहोरो व्यक्तिगत उत्कृष्ट खेलाडीको उपाधि जिते । लक्ष्मण प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीसंगै सर्वाधिक गोलकर्ता पनि बने । प्रतियोगिताभर लक्ष्मणले ७ गोल गरे ।

प्रकाशित मिति: December 18, 2023

कमेन्ट गर्नुहोस्

advertisment