पोखराको जित, इलाम र चितवनको बराबरी

पोखराको जित, इलाम र चितवनको बराबरी
0Shares

काठमाडौं, मंसिर ३० गते

नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा शनिबारको पहिलो खेलमा पोखरा थन्डर्सले वीरगंज युनाइटेडमाथि २-१ को रोमाञ्चक जित निकालेको छ।

शनिवार नै भएको दोस्रो खेलमा एफसी चितवन र स्पोर्टिङ इलाम एफसी डी मेचीले भने गोलरहित बराबरी नतिजा निकालेका छन्।

यो नतिजापछि चितवन ७ खेलमा ६ अंकका साथ सातौं स्थानमा छ। इलाम भने समान खेलबाट ५ अंकका साथ पुछारमा छ। यो नतिजाले अब चितवन र इलाम  दुवै टोलीको प्ले अफ सम्भावना लगभग समाप्त भएको छ।

पोखराको भने यो तेस्रो जित हो। जसले पोखराले ६ खेलमा ११ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ। पराजित वीरगंज भने समान खेलबाट ५ अंकका साथ आठौं स्थानमा छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पोखरा थन्डर्सको जितमा जो आइडु र मोसेस ग्याबाले गोल गरेका थिए। वीरगंजका लागि आइकिन्स बफोरले गोल फर्काएका थिए।

खेलको छैटौं मिनेटमा आइडुको गोलमार्फत पोखराले अग्रता लिएको थियो। आयुष घलानले बक्सको दायाँ छेउबाट दिएको क्रसमा आइडुले गोल गरेका थिए।

तर त्यसको ५ मिनेटपछि नै वीरगंजले बराबरी गोल फर्कायो । सुशील लामाको क्रसमा बफोरको हेडरले जाली चुमेको थियो ।

पहिलो हाफ सकिने १ मिनेट बाँकी छँदा अनोरको क्रसलाई हेडमार्फत पोस्टको दिशा दिँदै ग्याबाले पोखलाई २-१ को अग्रता दिलाए ।

दोस्रो हाफमा भने दुवै टोलीबाट गोल हुन सकेन ।

 

प्रकाशित मिति: December 17, 2023

कमेन्ट गर्नुहोस्

advertisment