अरहान्त र विपना स्क्वास च्याम्पियन

अरहान्त र विपना स्क्वास च्याम्पियन
0Shares

काठमाडौं, मंसिर ३० गते
अरहान्तकेशर सिंह र विपना ब्लोन एनएसआरए एनिभरसरी कप स्क्वास प्रतियोगिता २०८० मा शनिबार च्याम्पियन बनेका छन् ।
सातदोबाटोमा भएको प्रतियोगिताको पुरुष एकल फाइनलमा नेपालका नम्बर एक अरहान्तले अमिर ब्लोनलाई चार सेटमा ६–११, ११–७, ११–४ र ११–८ ले पराजित गरे । अरहान्तको  खेलजीवनको १४ औं एकल उपाधि भएको छ । महिला एकल फाइनलमा विपना ब्लोनले वृmष्णा थापालाई चार सेटमै ११–८, ८–११, ११–६ र १३–११ ले निराश हराइन् ।
यसैगरी यु–१९ गल्र्समा साक्षी सुनुवार फाइनलमा रेनेसा महर्जनलाई सीधा सेटमा ११–२, ११–१ र ११–२ ले हराएर च्याम्पियन बनिन् । सो स्पर्धाको ब्वाइज फाइनलमा विकास तुम्सिङ मगरले पासाङ ब्लोनलाई चार सेटमा ११–७, १२–१४, ११–६ र ११–४ ले पाखा लगाए । यसैगरी मास्टर्स ५० वर्षमाथि छविलाल पाइजा पुन प्रज्ज्वल प्रधानलाई ३–१ सेटमा र प्लेट च्याम्पियन्सिपमा पासाङ ब्लोनले दिव्यराज वज्राचार्यलाई सोझो सेटमा ३–० ले हराएर च्याम्पियन भए ।
नेपाल स्क्वास ¥योकेट्स संघ स्थापनाको ३५ वर्ष पुगेकोे अवसरमा एनएसआरए एनिभरसरी कप स्क्वासको आयोजना भएको हो । प्रतियोगितामा विजयी खेलाडीहरुलाई एक्स स्टेपले पुरस्कार प्रायोजन गरेको थियो ।

प्रकाशित मिति: December 17, 2023

कमेन्ट गर्नुहोस्

advertisment