बराबरीले ललितपुर र झापा दुबैलाई घाटा

बराबरीले ललितपुर र झापा दुबैलाई घाटा
0Shares

काठमाडौं, मंसिर २९ गते

नेपाल सुपर लिगको एउटा ‘हाइ इन्टेन्सिटी’ खेलमा ललितपुर एफसी र एफसी झापाले गोलरहित बराबरी खेल्यो।

खेलमा गोल ननिस्किएपनि शुक्रवारको खेलमा ती सबै चिजहरु थिए, जुन एउटा हाइ क्वालिटी खेलमा हुने गर्छ।

दुई टोलीबिच कडा टक्कर, खेलाडिहरुको मेहनत, एकैनासे गतिको खेल र थोरै खेलाडि विच घम्साघम्सी र पहेंलो कार्ड। खेलभरीको दृष्य यसकै वरिपरी घुमिरह्यो।

खेलपछि ललितपुरका प्रशिक्षक एन्ड्रयु गिलानले भने- ” हाम्रो लागि हरेक खेल फाइनल बराबर हो। आजको खेल त्यसको एउटा झलक थियो ”

बराबरी नतिजाले अंक तालिकामा थुप्रै असर पर्यो। नेपाल सुपर लिग(एनएसएल)को दोस्रो सिजनमा अपराजित यात्रालाई जारी राखेको ललितपुर जितेको भए अंक तालिकाको शीर्षमा उक्लिने थियो।

दुई जित र चार बराबरी खेलेको ललितपुरले शुक्रवार एक अंक जोडेपछि १० अंक छ र टोली दोस्रो स्थानमा यथावत रह्यो। एक खेल कम खेलेको धनगढी ११ अंकका साथ पहिलो स्थानमा छ ।

झापाले भने उत्कृष्ट चारमा उक्लिने अवसर गुमायो । जितेको भए झापा तेस्रो स्थानमा उक्लिने थियो । यस नतिजापछि एक हार, एक जित र चार बराबरी खेलेको झापाले ७ अंक जोडेको छ।

 

प्रकाशित मिति: December 15, 2023

कमेन्ट गर्नुहोस्

advertisment