हाई पर्फमेन्स तेक्वान्दो कोचेज ट्रेनिङ सम्पन्न

हाई पर्फमेन्स तेक्वान्दो कोचेज ट्रेनिङ सम्पन्न
0Shares
 काठमाडौं, मंसिर २९ गते
नेपाल तेक्वान्दो संघ द्वारा यहि मंसिर ३ गते देखि २९ गते सम्म आयोजित हाई पर्फमेन्स तेक्वान्दो कोचेज ट्रेनिङ २०२३ शुक्रवार सम्पन्न भयो।
संघका अध्यक्ष प्रकाश शम्शेर राणाकाे सभापतित्वमा आयोजित उक्त समारोहमा प्रमुख अतिथि नेपाल ओलम्पिक कमिटीका अध्यक्ष श्री जीवनराम श्रेष्ठले सहभागी प्रशिक्षार्थी हरुलाई प्रमाण पत्र वितरण गरे।
२९४ तेक्वान्दो प्रशिक्षार्थीहरुको सहभागिता रहेको उक्त तालिम राष्ट्रिय खेलकुद परिषद तालिम तथा प्रशिक्षण विभागका उप निर्देशक तथा नेपाल तेक्वान्दो संघ का प्राविधिक सल्लाहकार एवम वरिष्ठ तेक्वान्दो प्रशिक्षक टार्जन सुब्बाको नेतृत्वमा दक्षिण कोरिया स्थित क्योम्युङ विश्वविद्यालयका प्रोफेसर जुसिक पार्कले लिएका थिए।
समारोहमा संघका केन्द्रीय सदस्य/ प्रवक्ता  साम्राज्य विक्रम पाण्डेले कोरियाली प्रशिक्षककाे योगदानको चर्चा गरेका थिए।

प्रकाशित मिति: December 15, 2023

कमेन्ट गर्नुहोस्

advertisment