वीरगंजको स्वादिलो विजय

वीरगंजको स्वादिलो विजय
0Shares

काठमाडौं, मंसिर २८ गते

अन्तत: पाँचौ चरणमा आएर वीरगंज युनाइटेडले नेपाल सुपर लिग (एनएसएल) मा पहिलो जितको स्वाद चाखेको छ।

यो जित धेरै अर्थमा वीरगंजको लागि स्मरणिय रह्यो। पहिलो कुरा त टोली १ गोलले पछि परेर खेलमा फर्कियो। अर्को विजयी गोल पनि खेलको अन्तिम समयमा आयो। इन्ज्युरी समयमा टोलीले पेनाल्टी पायो र एउटा घम्साघम्सी र विवादका माझ वीरगंजले विजय पायो।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार सम्पन्न खेलमा वीरगंजले स्पोर्टिङ इलामविरुद्ध २-१ को पुनारागमन जित हासिल गरेको हो ।

जितसँगै पुछारमा रहेको वीरगंज अंक तालिकाको सातौं स्थानमा उक्लिएको छ । वीरगंजले पाँच खेलबाट ५ अंक जोडेको छ । हारसँगै इलाम तालिकाको पुछारमा झरेको छ । उसको ६ खेलबाट मात्र ४ अंक छ । हारले इलामको शीर्ष चारमा पर्ने सम्भावना न्युन भएको छ ।

खेलको १५ औं मिनेटमा आशिषको गोलमार्फत इलामले अग्रता लिएको थियो। ३३ औं मिनेटमा बिसोन गुरुङले वीरगंजलाई बराबरीमा ल्याए।

त्यसपछि जे भयो इन्ज्युरी समयमा भयो।

इन्जुरी समयमा इलामका सुरज बस्नेतले बक्सभित्र ह्यान्ड गरेपछि वीरगंजले पेनाल्टी पायो। त्यसमा विलियम ओपकु ऐसेडोले गोल गरिदिए।

 

 

प्रकाशित मिति: December 14, 2023

कमेन्ट गर्नुहोस्

advertisment