कार्की बेल्जियम प्रस्थान

कार्की बेल्जियम प्रस्थान
0Shares

काठमाडौं, मंसिर २६ गते

नेपाल विश्वविद्यालय खेलकुद महासंघका महासचिव एवं आईएसएफ कार्यकारी कमिटीका सदस्य राजकुमार कार्की मंगलबार बेल्जियमको ब्रसेल्स प्रस्थान गरेका छन् ।
डिसेम्बर १४ र १५ तारिखमा हुने आईएसएफ कार्यकारी समितिको बैठक तथा विशेष साधारण सभामा सहभागी हुन कार्की बेल्जियम प्रस्थान गरेका हुन् ।
कार्की त्यत्तैबाट डिसेम्बर १७ तारिखमा पोर्चुगलको लिस्बनमा हुने स्पोर्ट्स मिटमा पनि सहभागी हुने छन् । राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइरालाले कार्कीलाई मंगलबारै एक कार्यक्रमबीच बिदाइ गरे ।

प्रकाशित मिति: December 13, 2023

कमेन्ट गर्नुहोस्

advertisment