कप्तानीबाट हटेपछि हरिहजुरले त्यागे राष्ट्रिय टोली

कप्तानीबाट हटेपछि हरिहजुरले त्यागे राष्ट्रिय टोली
0Shares

काठमाडौं, श्रावण ५ गते

नेपाली राष्ट्रिय भलिबल टोलीका निवर्तमान कप्तान हरिहजुर थापाले राष्ट्रिय टोलीबाट बाहिर रहने निर्णय लिएका छन् ।

सामाजिक सञ्चालमा एक स्टाटस लेख्दै उनले ‘स्वास्थ्यको समस्याका कारण’ भन्दै एसियाली खेलकुद त्याग्ने बताएका हुन्।

सातौँ प्रधानमन्त्री कप राष्ट्रिय भलिबल लिगका दौरान नेपाली सेनाले अनुशासहिन काम गरेपछि खेलाडिहरुलाई कारवाही गर्ने क्रममा नेपाल भलिवल संघले हरिहजुरलाई राष्ट्रिय टोलीको कप्तानीबाट हटाएका थिए।

गण्डकीविरुद्धको खेलमा नेपाली सेनाका खेलाडीहरु दर्शकदिर्घामै पुगेर दर्शक कुटेका थिए। भलिवल संघले राष्ट्रिय टोलीका कप्तान हरिले खेलाडी सम्हाल्न नसके निष्कर्ष निकालेको थियो।

उनले राष्ट्रिय क्याम्प छोड्नु पछाडीको कारण यसैलाई ठानिएको छ।

हरिहरलाई बर्खास्त गरेपछि आर्मीकै मानबहादुर श्रेष्ठलाई कप्तानी दिइएको छ। मान नेपालका ११औं भलिबल कप्तान बनेका छन् ।

बिहीबार नेपाल भलिबल संघ (एनभिए) ले १९औँ एसियाली खेलकुद प्रतियोगिताका लागि १२ खेलाडी छनोट गरेको थियो । त्यसमा हरिहर पनि समावेश थिए।

तर उनले फेसबुकमा लेख्दै भने – ” म स्वयं छनोटमा भए पनि स्वास्थ्यस्थितिले गर्दा अभ्यासमा सरिक हुन नपाउने जानकारी गराउँछु,”

यता, एनभिए महासचिव तथा ब्यवस्थापक रोशन श्रेष्ठले हरिले राष्ट्रिय टोलीबाट नखेल्ने निर्णय संघमा जानकारी नगराएको बताए । श्रेष्ठले हरि प्रशिक्षणमा उपलब्ध नभए बैकल्पिक खेलाडीले स्थान पाउने बताएका छन् ।

यसैगरी राष्ट्रिय टोलीमा धनबहादुर भट्ट ६ महिना तथा राजेन्द्र विष्ट र आर्मीका धनपति कुँवरलाई तीन महिना निलम्बन गरिएको छ ।

विदेशी प्रशिक्षक ह्यान एविङको टोलीमा नेपाल पुलिस क्लबका विशाल विकले पुनरागमन गरेका छन् । यसैगरी सफल विक, मनीष मानन्धर र सम्राट भण्डारीले पहिलो पटक स्थान बनाएका छन् ।

नेपाली टोलीः
मानबहादुर श्रेष्ठ (कप्तान), हरिहजुर थापा, विशाल विक, सफल विक, मनीष मानन्धर, सम्राट भण्डारी, रविन चन्द, धिरोज बस्नेत, टेकराज अवस्थी, दुर्गाबहादुर खड्का, हेमन्त मल्ल, विनोद चन्द  । 

 

प्रकाशित मिति: July 27, 2023

कमेन्ट गर्नुहोस्

advertisment