मानबहादुर राष्ट्रिय भलिबल टोलीको १३ औं कप्तान

मानबहादुर राष्ट्रिय भलिबल टोलीको १३ औं कप्तान मानबहादुरको फेसबुकबाट
0Shares

काठमाडौं, श्रावण ६ गते

नेपाल भलिबल संघले स्पाइकर मानबहादुर श्रेष्ठलाई नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीको नयाँ कप्तानमा चयन गरेको छ।

प्रधानमन्त्री कप राष्ट्रिय पुरुष भलिवलका दौरानमा घटेको अनुशासनहिन काममा आफ्नो टोली त्रिमुवन आर्मी क्लबको सहि नेतृत्व लिन नसकेको भन्दै नेपाल भलिवल संघले कप्तान हरिहजुर थापालाई वर्खास्त गरेपछि मानबहादुरलाई नयाँ कप्तान छानेको हो।

त्रिभुवन आर्मी क्लबबाट घरेलु भलिबल खेल्दै आएका मानबहादुर ८ वर्षदेखि राष्ट्रिय टोलीको मुख्य खेलाडी रहँदै आएका छन्।

सन् २०१५ मा बंगलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोनबाट राष्ट्रिय टोलीका लागि डेब्यु गरेका मानबहादुर त्यसयता निरन्तर टोलीमा छन् ।

मानबहादुरले यसअघि राष्ट्रिय बीच भलिबल टोलीको कप्तानी गरेका थिए । यसैगरी मानबहादुरले आर्मीको कप्तानी पनि गरिसकेका छन् ।

नेपालले मानबहादुरकै कप्तानीमा एसियाली खेलकुदमा सहभागिता जनाउनेछ । मानबहादुर नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीका ११औं कप्तान हुन् ।

यसअघिको कप्तानहरु

ऋषिराज आचार्य, दीपक सापकोटा, महेन्द्रलाल श्रेष्ठ, राजेश मास्के, सुनिल चौधरी, विष्णु मास्के, भरत शाह,कैलाश दत्त भट्ट, इमबहादुर राना, हरिहजुर थापा

 

प्रकाशित मिति: July 27, 2023

कमेन्ट गर्नुहोस्

advertisment