सौगात र अन्जुलाई स्वर्ण

सौगात र अन्जुलाई स्वर्ण
0Shares

काठमाडौं । मंसिर ६ गते

नेपाल मोर्डन पेन्टाथलोन संघ ( युआईपीएम) को आयोजनामा सम्पन्न दोश्रो राष्ट्रिय लेजर रन प्रतियोगितामा कोशी प्रदेशका सौगात लामा र अन्जु खवासले स्वर्ण जितेका छन् ।

प्रतियोगिताको यु १७ उमेर समूहको पुरुषमा सौगात र महिलामा अन्जुले स्वर्ण जितेका हुन् ।

यु १९ को पुरुषमा बागमती प्रदेशका शुलभ सुनुवार र महिलामा गण्डकी प्रदेशकी विनिता सार्की, जुनियरको पुरुषमा बागमतीका राहुल दर्शन र महिलामा कोशीकी इन्द्रकला नेम्वाङ, यु ९ को पुरुषमा बागमतीका पविनजंग गुरुङ र महिलामा बागमतीकै सुविज्ञा सुवेदीले पहिलो स्थान हासिल गरे ।

यसैगरी यु १३ को पुरुषमा कोशीका युसन कार्की र महिलामा कोशीकै स्नेहा राजवंशी तथा यु १५ को पुरुषमा बागमतीका सोयबमान श्रेष्ठ र महिलामा कोशीकी अविरा रेग्मी पहिलो भए ।

सिनियरको पुरुषमा बागमतीका रामबहादुर घिमिरे तथा भेट्रानमा शैलेन्द्रमान तुलाधरले शीर्ष स्थान हासिल गरे।

राष्ट्रिय प्रतियोगितामा सात प्रदेशबाट १०० भन्दा बढी खेलाडीले भाग लिएका थिए।

प्रतियोगिताबाट छानिएका खेलाडीहरु अब मंसिर १० गते ग्लोबल रन सिटी टुरमा सहभागि हुनेछन्। सन् २०१५ मा गठित उक्त संघले गर्न लागेको यो पहिलो ग्लोबल प्रतियोगिता हो।

मोर्डन पेन्टाथलोनमा पौडी, घोडचढी, फेन्सिङ, लेजर गन शट र एथलेटिक्स इभेन्टस समावेश हुनेगर्छ। लेजर रनमा भने लेजर गन शट र एथलेटिक्समात्र समावेश छन्।

संघले राष्ट्रिय र स्थानीय स्तरका खेल प्रतियोगिताहरु सञ्चालन गर्दै आएको छ ।

 

प्रकाशित मिति: November 23, 2023

कमेन्ट गर्नुहोस्

advertisment