राष्ट्रिय र ग्लोबल लेजर रन हुने

राष्ट्रिय र ग्लोबल लेजर रन हुने
0Shares

काठमाडौं, मंसिर ५ गते

नेपाल मोर्डन पेन्टाथलोन संघ ( युआईपीएम) को आयोजनामा मंसिर ६ गते दोस्रो राष्ट्रिय लेजर रन र मंसिर १० गते ग्लोबल रन सिटी टुर हुने भएको छ।

सन् २०१५ मा गठित उक्त संघले गर्न लागेको यो पहिलो ग्लोबल प्रतियोगिता हो।

आइतबार एनएमपीएले पत्रकार सम्मेलन गर्दै राष्ट्रिय प्रतियोगितामा सात प्रदेशबाट १०० भन्दा बढी खेलाडीले भाग लिने जनाएको छ।

यु ११, यु १३, यु १५, यु १७ र यु १९ उमेर समुह तथा सिनियर टोलीका छुट्टा छुट्टै इभेन्टस हुनेछ। त्यस्तै ग्लोबल लेजर रन सिटी टुरमा भारत, पाकिस्तान, बंगलादेश र अफगानिस्तान गरी चार देशको सहभागिता रहनेछ।

दोस्रो राष्ट्रिय लेजर रनबाट हरेक इभेन्टसमा शीर्ष ४ भित्र रहने खेलाडीहरु ग्लोबल रनमा छनोट हुने संघका महासचिव यादव बस्नेतले बताउनुभयो।

लेजर सिटी रनमा खेलाडीहरुले दौडिनै निश्चित स्थानमा लेजर गन प्रहार गर्ने र फेरी दौडिनेछ। यो प्रकृया पाँच राउन्डसम्म हुने संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले बताउनुभयो।

मोर्डन पेन्टाथलोनमा पौडी, घोडचढी, फेन्सिङ, लेजर गन शट र एथलेटिक्स इभेन्टस समावेश हुनेगर्छ। लेजर रनमा भने लेजर गन शट र एथलेटिक्समात्र समावेश छन्।

प्रतियोगिता सातदोबाटोको राष्ट्रिय खेलकुद परिषर(राखेप) अन्तर्गत अन्तर्राष्ट्रिय खेलकुद परिसर भित्र विहान ९ बजेबाट सुरु हुनेछ।

संघले राष्ट्रिय र स्थानीय स्तरका खेल प्रतियोगिताहरु सञ्चालन गर्दै आएको छ ।

 

 

प्रकाशित मिति: November 21, 2023

कमेन्ट गर्नुहोस्

advertisment