फस्ट स्टेप प्रिस्कुलको स्पोर्टस् डे सुरु

फस्ट स्टेप प्रिस्कुलको स्पोर्टस् डे सुरु
0Shares

काठमाडौं , पुस १९ गते
सतुङ्गगलस्थित फस्ट स्टेप प्रिस्कुलको स्पोर्टस् डे बुधबारबाट सुरु भएको छ ।
तीन दिन सम्म संचालन हुने स्पोर्टस् डे मा  विद्याथीहरुविच विभिन्न स्पर्धा गराई प्रतिस्पर्धा गराईएको थियो ।

३० मिटर खुल्ला दौड, चम्चा गुच्चा दौड, रिङ्ग दौड, रिले दौड र स्वीट्स दौड गरि चार विधामा विद्याथीविच प्रतिस्पर्धा गराईएको थियो ।
खुल्ला दौड तर्फ सिवांस भट्टराई प्रथम, श्रीतिजा सिलवाल द्वितीय र आयान पौडेल तृतीय भएका छन् ।

चम्चा दौडमा सिवांस भट्टराई, श्रीतिजा सिलवाल द्वितीय र युविका घिमिरे, प्रशंसा भट्टराई तथा युकी महर्जन संयुक्त तेश्रो भए । रिले दौड तर्फ सिवांस भट्टराइ प्रथम, नमाशी पण्डीत द्वितीय र प्रज्वल राउत तृतीय भए । रिङ्ग दौड तर्फ प्रिजेश जंग बस्नेत, साईरा बराल र अभिश्री न्यौपाने क्रमश प्रथम, द्वितीय र तृतीय भए । स्विट्स दौडमा इभाना दुमासे, सहर्ष राना र आसिरमान ढुङ्गाना पहिलो, दोश्रो र तेश्रो भए ।
विद्याथीहरुमा अन्तरनिहित खेल क्षमताको अभिबृद्धि गर्दै साना बालबालिकाहरुको मानसिक विकास गरि भविश्यमा स्वस्थ्य नागरिक र खेलाडी उत्पादन गर्ने उद्धेश्यले स्पोर्टस् डे को आयोजना गरिएको स्कुल प्रिन्सिपल कृष्णा शर्मा पन्थीले जानकारी गराईन् ।

प्रकाशित मिति: January 4, 2024

कमेन्ट गर्नुहोस्

advertisment