काठमाडौं जिल्ला भलिवल संघको साधारण सभा

काठमाडौं जिल्ला भलिवल संघको साधारण सभा
0Shares

काठमाडौं, पुस १० गते
काठमाडौं जिल्ला भलिबल संघको साधारण सभा सम्पन्न भएको छ ।

काठमाडौं जिल्ला भलिबल संघका अध्यक्ष सुदर्शन जमकटेलको अध्यक्षता र नेपाल भलिबल संघका प्रतिनिधि एवं सचिव तथा न्यू डायमण्ड क्लबकी अध्यक्ष सुनकेशरी मालीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा सम्पन्न भएको छ । उक्त कार्यक्रममा वर्तमान १३ सदस्यीय पूर्ण कमिटी गठनमा उपत्यकाका १३ पालिकाबाट प्रतिनिधित्व गर्दै बनेको कार्यसमितिको प्रमुख अतिथिले मुक्तकण्ठले प्रशंसा गर्नु भयो ।

बैठकमा सचिब प्रदीप श्रेष्ठले हालसम्मको प्रगति प्रतिवेदन र कोषाध्यक्ष जयन्ती जोशीले हालसम्मको आर्थिक प्रतिवेदन पेश गरेका थिए । छलफल र अन्तरक्रिया गरी प्रतिवेदन पारित गर्दै अगामी रणनिती र कार्यक्रमको लागि वार्षिक क्यालेन्डर अनुसार संघ अगाडि बढ्ने जानकारी संघका वरिष्ठ उपाध्यक्ष रामप्रसाद भट्टराईले बताउनु भयो ।

प्रकाशित मिति: December 26, 2023

कमेन्ट गर्नुहोस्

advertisment