पुरुष भलिवल: नेपालको समुहमा इरान र बहराइन

पुरुष भलिवल: नेपालको समुहमा इरान र बहराइन
0Shares

श्रावण ११ गते

१९ औं एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत नेपाली राष्ट्रिय भलिवल टोलीको टाइसिट ड्र भएको छ। जसमा नेपाली पुरुष टोली कठिन समूहमा परेको छ।

नेपाल रहेको समूह ‘बी’ मा इरान र बहराइन छन् । इरान पछिल्ला दुई संस्करणको स्वर्ण पदक विजेता टोली हो ।

विश्व वरीयतामा इरान १०औं र बहराइन ७६औं स्थानमा छन्।नेपालका दुवै टाेली भलिबलको आधिकारीक वरीयतामा समावेश छैनन्।

यसैगरी समूह ‘ए’ मा आयोजक चीन, किर्गिस्तान र उज्वेकिस्तान, समूह ‘सी’ मा दक्षिण कोरिया, भारत र कोम्बोडिया, समूह ‘डी’ मा चाइनिज ताइपेइ, पाकिस्तान र मंगोलिया छन् ।

यस्तै कतार, थाइल्यान्ड र हङकङ समूह ‘इ’ तथा जापान, इन्डोनेसिया, फिलिपिन्स र अफगानिस्तान समूह‘एफ’ मा अटाएका छन् ।

नेपाली पुरुषले तेस्रो पटक एसियाली खेलकुदमा सहभागिता जनाउँदैछ ।

प्रकाशित मिति: July 27, 2023

कमेन्ट गर्नुहोस्

advertisment